कर्णालीका तीन मन्त्रीको राजीनामा स्वीकृत, रिक्त मन्त्रालयको जिम्मवारी तोकियो

सुर्खेत – कर्णाली प्रदेश सरकारका तीन मन्त्रीले दिएको राजीनामा स्वीकृत भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मंगलबार बुझाएको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको राजीनामा आज स्वीकृत गरेका हुन् । त्यस्तै उनले रिक्त रहेको मन्त्रालयको जिम्मवारी हाल कायमै रहेका मन्त्रीहरुलाई…