सरकारले क्वारेन्टाइनको मापदण्ड, सुविधा तोक्यो आवश्यक खर्च व्यवस्था गरेन: अध्यक्ष राणा

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले सीमावर्ती जिल्लामा क्वारेन्टाइनको खर्च धान्न स्थानीय स्रोत अपुग भएकोले केन्द्रीय र प्रान्तीय सरकारले तत्काल आर्थिक सहयोग गर्नु पर्ने बताएका छन् । नेपाल फर्कनेहरूको चाप अधिक रहेका क्षेत्रमा गाउँपालिका र नगरपालिकाले मात्र सम्पूर्ण दायित्व पूरा गर्न संभव छैन । त्यसकारण कोभिड–१९ को बढ्दो जोखिम ध्यानमा…