नेकपाभित्र शक्ति बढाउँदै गृहमन्त्री बादल, ‘बार्गेनिङ पावर’ बढाउने रहस्य

काठमाडौं - तत्कालीन माओवादी आन्दोलनभित्र रामबहादुर थापा ‘बादल’ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग मिल्दाजुल्दा पात्र थिए । शारीरिक बनावट, भाषण कला, चालढाल र शैली सबै प्रचण्डसँग मिल्थ्यो । माओवादीभित्र बादल शक्तिशाली पनि थिए । माओवादी शान्ति प्रक्रियामा आएपछि बादल प्रचण्ड नेतृत्वको माओवादी पार्टी छाडेर मोहन वैद्य ‘किरण’तिर गए । त्यसपछि बादलको ‘प्रचण्ड शैली’ हराउँदै गयो…