खुमलटारमा अध्यक्ष प्रचण्ड र नेपाल समूहका नेताको छुट्टै भेला

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरुको छुट्टै भेला बसेको छ । सोमबार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटारमा दुवै समूहका स्थायी कमिटी सदस्यहरु छलफलमा जुटेका हुन् । असार १८ गतेदेखि लगातार स्थगित हुँदै आएको नेकपा स्थायी कमिटी बैठक मंगलबार अर्थात भोलीका लागि बोलाइएको छ…