काठमाडौं – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतलाई कालापानी क्षेत्रबाट आफ्ना सेना फिर्ता लैजान आग्रह गरेका छन् । मन्त्री ज्ञवालीले नेपाल र भारतबीच सीमा विवादको समाधान तुरुन्त खोज्नु पर्ने बताएका छन् । भारतीय पत्रिका द हिन्दुसँगको कुराकानीमा परराष्ट्रमन्त्री ज्ञवालीले कालापानीबाट भारतीय सेना फिर्ता गरी सो भूभाग नेपाललाई फिर्ता गरेको अवस्थामा मात्र सुगौली सन्धिलाई सम्मान गरेको ठहर्ने बताएका…