मलाई प्रधानमन्त्री बन्न हतारो छैन्, बल्ल कार्यकारी अध्यक्ष भएको फिलिङ आयोः प्रचण्ड

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बन्न कुनै हतारो नभएको बताएका छन् । उनले विगतमा गरिएको पार्टी र सरकारको नेतृत्वमा आलोपालो गर्ने भन्ने सहमतिलाई पनि नयाँ निर्णयले प्रतिस्थापन गरेको स्पष्ट पारे । ‘मलाई प्रधानमन्त्री हुने हतारो छैन । देशमा स्थिरता हुनुप‍र्यो, स्थायित्व हुनुप‍र्यो । विकास निर्माणले गति लिनुप‍र्यो,’ उनले…