काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद रंगमति शाहीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गरेको कामप्रति असन्तुष्टी जनाएकी छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले हुम्लामा गएको सिंचाईको बजेट कार्यकर्ताको खल्तीमा गएको भन्दै उर्जामन्त्री वर्षमान पुनलाई प्रश्न गरिन् । ‘हुम्लामा गएको सिँचाइको बजेट तपाईंका कार्यकर्ताको खल्तीमा गएको छ, जमिनमा सिँचाइ पुगिरहेको छैन,’ उनले…