भक्तपुर – वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले जनताको आकांक्षा, आवश्यकता र समस्याको समाधान हुने बताएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आज भक्तपुरको सूर्यविनायकस्थित राष्ट्रिय प्राणी उद्यानमा आयोजना गरेको वार्डेन सेमिनार तथा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्षको बैठकमा बोल्दै उनले राजनीतिक प्रणालीमा जनताको आकांक्षा, आवश्यकता र समस्या जोडिएका कारण सबैको पहिचान गरी समस्या…