धनगढी— नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता कार्यान्वयनमा नजाँदा अहिले परिवर्तनकारी शक्तिहरु खुम्चिने र यथास्थितिवादीहरु हौसिने अवस्था आएको बताएका छन्। शुक्रबार धनगढीमा आयोजित सुदूरपश्चिम वित्तीय सम्मेलनमा सम्बोधन गर्दै उनले भने, ‘पुराना संरचनामा काम गरेकालाई विदाई गर्नुपर्ने थियो । आफूले भनेका मान्छे ल्याउनु पथ्र्यो । तर भएन ।’ प्रचण्डले राजनीतिक परिवर्तनसँगै पुरानो राज्यव्यवस्थामा काम गरेकालाई विदाई…