कपिलवस्तु – पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता झलनाथ खनालले वर्तमान सरकारले जनमानसले नपत्याएका अनौठाअनौठा काम गरेर नयाँ कीर्तिमान कायम गर्दै गरेको दाबी गरेका छन् । नेकपा कपिलवस्तुले तौलिहवामा बुधबार राखेको जनसभा एवं चाडबाडको शुभकामना आदानप्रदानसहितको चियापान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । केही समयअघि नाकाबन्दी लगाउने भारतले पेट्रोलियम पाइप बनाइदिने, सधैं मौन कूटनीति राख्दै…