आर्थिक समृद्धि हाँसिल नगरी समाजवाद सम्भव छैन : प्रचण्ड

काठमाडौं–पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक समृद्धि हाँसिल नगरी समाजवाद सम्भव नहुने बताएका छन्। मङ्गलबार सरल यात्रीको ‘शिखरको ढुङ्गा’ नामक पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै  प्रचण्डले भने, ‘समाजवाद तिरको यात्रा एउटा नयाँ यात्रा हो । शान्तिपूर्ण प्रतिस्पर्धाको माध्यमबाट समाजवादको आधार निमार्ण गर्ने र समाजवादी क्रान्तिको तयारी गर्ने एउटा महायात्रा हो ।’…