काठमाडौं - नेत्रविक्रम चन्द 'विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई चेतावनीपूर्ण शैलीमा वार्तामा आउन सरकारले आग्रह गरेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीवार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बाँस्कोटा विप्लवको दलप्रति निकै आक्रोशित रूपमा प्रस्तुत भएका थिए। उनले ’सर्वनाशको बाटोमा’ हिडेको टिप्पणी गर्दै भने, “धम्क्याइरहने, कमिसन माग्ने, ठेक्का(पट्टा आदि…