निर्मला हत्या प्रकरण : कांग्रेसले संसदमै माग्यो गृहमन्त्री बादलको राजीनामा

काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या घटनाको झण्डै दुई महिना पुग्दा समेत हत्यारा समात्न नसकेको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को राजीनामा माग गरेको छ। प्रतिनिधि सभाको सोमबारको बैठकको विषेश समयमा बोल्दै कांग्रेस सांसद उमा रेग्मीले निर्मला पन्तका हत्यारा पत्ता लगाउन नसक्ने गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग राखेकी हुन्…