सरकारले दिएको ४५ हजारले त चिया खान पनि पुग्दैन : दिपक मनाङे

पोखरा – मनाङ ‘ख’ बाट स्वतन्त्र उमेदवारका रुपमा विजयी गण्डकी प्रदेशसभा सदस्य दिपक मनाङे अर्थात उर्फ राजीव गुरुङले नेपाली कांग्रेसको चर्को आलोचना गरेका छन् । बिहिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेलगत्तै सञ्चारकर्मीहरुसँगको कुराकानीमा बाेल्दै मनाङेले कांग्रेसको स्पष्ट विचारधारा नै नभएको भन्दै चर्को आलोचना गरे । उनले आफु समाज सेवाको लागि राजनीतिमा आएको दाबी गरे…