काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयको बैठक बालुवाटारमा बस्दैछ । पार्टी पोलिटब्यूरोको गठन, केन्द्रीय नेताहरुको कार्य्विभाजन, जनवर्गीय संगठनहरुको एकता लगायतका विषयमा बिहान ११ बजे प्रधानमन्त्री निवासमा बैठक बस्न लागेको हो । पार्टी एकता सम्पन्न भएको ठीक एक बर्षपछि नेकपाले जनवर्गीय संगठनको एकता टुङ्ग्याएपनि अझै विभाग, मोर्चा र आयोगहरुको एकता सम्पन्न हुन…