राष्ट्रसंघले अनुरोध गरे १० हजारसम्म शान्ति सेना पठाउन सक्छौः रक्षामन्त्री पोखरेल

काठमाडौं - रक्षामन्त्री ईश्वर पोखरेलले शान्ति मिसनमा सहभागी हुने नेपाली सेना र प्रहरीका लागि राष्ट्रसंघीय मुख्यालय र शान्ति मिसनको उच्च तहको नेतृत्वमा सहभागिताको माग गरेका छन् । संयुक्तराष्ट्र संघको मुख्यालयमा आयोजित शान्ति स्थापनाका लागि मन्त्रीस्तरीय सम्मेलनलाई बोल्दै मन्त्री पोखरेलले उक्त स्तरमा सहभागीताको माग गरेका हुन् । ‘युएन मिसनमा परिचालन हुने शान्ति सेना र प्रहरीका लागि…