काठमाडौं - प्रधानमन्त्री केपी ओलीको आफ्नो आसन्न भारत भ्रमणबारे पूर्वप्रधानमन्त्री, प्रबुद्ध वर्ग र परराष्ट्रविद्सँग बुधबार छलफल गरेका छन्। छलफलमा ओलीले पुराना सम्झौता कार्यान्वयनमा जोड दिने स्पष्ट पारेका छन्। छलफलमा सहभागी पूर्वप्रधानमन्त्रीहरूले २१ औं शताब्दीअनुसार द्विपक्षीय हित र राष्ट्रिय स्वार्थलाई उच्च सम्मान दिन सुझाव दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उनीहरूले पुराना सम्झौता कार्यान्वयनमा समस्या…