काठमाडौँ– सभामुख कृष्णबहादुर महराले नेपाली काँग्रेसका नेता स्व खुमबहादुर खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । सानेपास्थित निवासमा पुगेर खड्काको पार्थिव शरीरमाथि फूलमाला अर्पण गरी सभामुख उनले श्रद्धाञ्जलि अर्पण गरेका हुन् । सभामुख महराले खड्काको अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको शोक पुस्तिकामा पनि हस्ताक्षर गरे । श्रद्धाञ्जलिपछि परिवारजनसँग कुरा गर्दै उनले केही समयअघि खड्कासँग नियमित भेटघाट तथा…