प्रचण्डले अछाम पुगेर भने -फोरम सरकारमा अाएपछि संविधान संशोधनबारे छलफल हुन्छ

अछाम– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम सरकारमा सहभागी भएपछि संविधान संशोधनको प्रक्रिया अघि बढाउन एमाले र माओवाद केन्द्र तयार रहेकाे बताएका छन् । बिहीबार अछाम पुगेका प्रचण्डले पत्रकारसँगको कुराकानीमा फोरम सरकारमा सहभागी हुने सहमति भइसकेको बताएका हुन् । ‘संघीय समाजवादी फोरमसंग सहमति भइसक्यो’ उनले भने । मधेस आन्दोलनका क्रममा उठाइएका…