काठमाण्डु- मोरङमा विभिन्न राजनीतिक दलहरू परित्याग गरी सन्देश घिमिरे, सुवास लामा, कर्म लिम्बुसहित ३७० जना नेता तथा कार्यकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । उनीहरूलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले उर्लाबारीमा आयोजित एक कार्यक्रममा स्वागत गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्रप्रति जनविश्वास दिनप्रतिदिन बढिरहेको उल्लेख गरे…