काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा समाजवादको नयाँ मोडेल विकास गरेर विश्वलाई देखाउनुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको छैठौं स्मृति दिवसको अवसरमा बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रचण्डले अहिले पनि संसारमा धनी र गरिबीचको खाडल फराकिलो भएको र गरिबीको दुष्चक्रमा…