काठमाडौं – लगातार स्थगित हुँदै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । विभाग प्रमुखका विषयमा सहमति जुटाउन नेकपा सचिवालय बैठक दिउँसो तीन बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने नेकपाले जनाएको छ । बैठकमा पार्टी विभागहरुको नेतृत्व टुंग्याउने विषयमा छलफल हुनेछ । स्कुल विभाग प्रमुख कसलाई बनाउने भन्ने विषयमा दुई अध्यक्षहरुबीच नै कुरा…