एक नम्बर प्रदेशलाई सुशासन र सम्पन्न बनाउँछुः मुख्यमन्त्री राई

काठमाडौं- प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले सुनसरी सबै हिसाबले प्रदेशकै सुन्दर र सम्पन्न जिल्लाको भएको बताएका छन् । सुनसरी सदरमुकाम इनरुवामा आज अयोजित साक्षर जिल्ला घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् । उनले सबै क्षेत्रको केन्द्रका रूपमा रहेको सुनसरीलाई विकासको गतिमा लैजानका लागि घोषणाले एउटा इँट्टा थपेको बताए ।…