काठमाण्डु- नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । बैठक असार १५ गते ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको भावी रणनीति लगायतबारेमा छलफल हुने पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।