भूमि अध्यादेशप्रति काठमाण्डुका मेयर असन्तुष्ट, ‘टुँडिखेल कार्यकर्तालाई दिने अध्यादेश पास’

काठमाण्डु – सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट बुधबार भूमि सम्बन्धी अध्यादेश जारी भएपछि काठमाण्डु महानगरका नगर प्रमुख (मेयर) बालेन्द्र शाह ‘बालेन’ले असन्तुष्टि व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबूकमा लेख्दै उनले खुलामञ्च र टुँडिखेल कार्यकर्तालाई बाँड्ने अध्यादेश पास भएको टिप्पणी गरेका छन् । उनले लेखेका छन्, ‘अब खोला मात्र हैन, टुँडिखेल, खुल्लामञ्च पनि आफ्नो कार्यकर्तालाई…