राज्यव्यवस्था समितिमा सत्तारुढ दलका सांसदहरूका प्रश्न थेग्न गृहमन्त्री लेखकलाई हम्मेहम्मे

काठमाण्डु – राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रमेश लेखकलाई सत्तारुढ दलका सांसदहरूको प्रश्न थेग्नै हम्मेहम्मे भएको छ । मंगलबार सिंहदरबारस्थित समितिको कार्यालयमा बसेको बैठकमा सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टीका सांसदहरूको प्रश्न थेग्नै गृहमन्त्री लेखकलाई हम्मेहम्मे परेको हो । नेपाली कांग्रेसका नेता गृहमन्त्री लेखकलाई कांग्रेस र एमाले कै सांसदहरूले प्रश्न सोधेर…