काठमाण्डु - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादी पहिलो पार्टी बन्ने बताएका छन् । मोरङको ग्रामथान गाउँपालिकामा शनिबार आयोजित कार्यक्रममा प्रचण्डले १५ मंसिरमा भएको उपनिर्वाचनमा माओवादीको पक्षमा आएको नतिजाले २०८४ मा हुने निर्वाचनमा माओवादी पहिलो पार्टी बन्ने संकेत गरेको बताए । उपनिर्वाचनमा ग्रामथान गाउँपालिकाको अध्यक्ष माओवादीले कांग्रेसबाट खोसेको थियो । त्यही…