काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को काठमाडौंमा जारी राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले पेस गर्ने राजनीतिक प्रतिवेदन छलफल नगरी पारित गरिने भएको छ । लामिछानेको प्रतिवेदनमा प्रतिनिधिहरूले धारणा नराखी पारित गरिने भएको हो । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मंगलबारदेखि जारी केन्द्रीय परिषद्को पहिलो राष्ट्रिय भेलामा सभापति लामिछानले अपराह्न ४ः३० बजे राजनीतिक प्रतिवेदन पेस गर्नेछन्…