सहकारी ठगीमा नाम आएपछि रविले भने- ऋण लिएको छैन, नाम मात्र लेखिएको हो

काठमाण्डु- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले सहकारीबाट ऋण नलिएको बताएका छन्। मंगलबार सामाजिक सञ्जालमार्फत गृहमन्त्री लामिछानेले आफूले ऋण नलिएको तर नाम लेखिएको बताएका हुन्। लामिछानेले लेखेका छन्, ‘अनुसन्धानले देखाए अनुसार उक्त ऋण खाता खोल्दा नागरिकता, ऋण माग गरेको फाराम, KYC फर्म, तीन पुस्ते विवरण लगायतका कुनै विवरण छैन। ल्याप्चे, हस्ताक्षर समेत छैन। अर्थात् मैले…