काठमाण्डु - टेरामक्स प्रकरणमा मुख्यसचिव बैकुण्ठ अर्यालले बयान दिएका छन् । दूरसञ्चार क्षेत्रमा हुने गैरकानुनी गतिविधि, भ्वाइस् तथा डेटा सर्भिसको गुणस्तर मापन, अनुगमन र भ्वाइस डेटाको कुल भोल्यूम परीक्षण गर्ने प्रविधि ‘टेरामक्स’ खरिदमा भएको भ्रष्टाचार प्रकरणमा मुछिएका मुख्यसचिव अर्यालले अख्तियारलाई बयान दिएका हुन् । उनले सुटुक्क गत हप्ता अख्तियारलाई बयान दिएर फर्किएका छन् । त्यस्तै…