काठमाण्डु- सरकारले नै बिभिन्न भ्रष्टाचार तथा हत्याकाण्डमा मुछिएका गठबन्धनका नेताहरूलाई जोगाउन थालेपछि सुशासनको नारामा गम्भीर प्रश्न उठेको छ । सोमवार बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूबीच ललिता निवास जग्गा प्रकरणको नीतिगत निर्णय गर्ने पूर्वप्रधानमन्त्री तथा अन्य काण्डमा मुछिएका शीर्ष नेताहरूलाई सफाइ दिनेगरी छलफल भएको छ । बैठकले ललिता निवास प्रकरणमा अदालतले अतिरिक्त न्यायिक सक्रियता देखाएर तत्कालीन प्रधानमन्त्री…