काठमाण्डु - नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल विदेश भ्रमणमा निस्किएका छन्। टर्किस एअरको विमानबाट साेमबार बिहान ७:३० बजे इस्तानवुल हुँदै जेनेभा प्रस्थान गरेका हुन्। पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल प्रवासी नेपाली एकता मन्च युरोपद्वारा स्वीट्जरल्याण्ड लगायतका विभिन्न देशहरूमा आयोजना हुने पूर्व निर्धारित विभिन्न कार्यक्रमहरूमा सहभागी हुन त्यसतर्फ गएको उनको निजी सचिवालयले जनाएको छ।…