काठमाण्डु– सुकुमबासी बस्तीबाट हटाएर राधास्वामी सत्संग व्यास आश्रममा पुर्याइएका ५२ जना बालबालिका आजदेखि विद्यालय जाने भएका छन् । आश्रम (होल्डिङ सेन्टर) मा राखिएका बालबालिकामध्ये ५२ जना आजदेखि वडा नं. १४ मा रहेको जनविकास माध्यमिक विद्यालयमा पढ्न थालेका हुन् । सोमबार विद्यार्थी र अभिभावकसँग परामर्श गरेर उनीहरुको रुचि र आवश्यकता पहिचान गरेपछि उनीहरुलाई विद्यालय पठाउने व्यवस्था…