बीमाले धानेको उपचार आफ्नै खर्चमा गर्न परेपछि विपन्न परिवार मारमा

काठमाण्डू– बिहीबार बिहान त्रिभुवन शिक्षण अस्पतालको प्राङ्गणबाट चितवनकी सम्झना श्रेष्ठ श्रीमानसँग फोनमा कुरा गर्दै थिइन् । दुई वर्षको छोरा छेउमै खेलिरहेको थियो भने उनी आठ महिनाकी गर्भवती थिइन् । साउदी अरबमा रहेका श्रीमानसँग उपचार खर्चका लागि पैसा पठाइदिन आग्रह गरिरहेकी थिइन् । कारण थियो स्वास्थ्य बीमा सेवा बन्द हुनु ।पहिलो सन्तान हुँदा झण्डै एक लाख…