नेपालद्वारा यूएईसामु २४० रनको लक्ष्य

काठमाण्डु – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) मा जारी त्रिदेशीय शृंखलामा नेपालले घरेलु टीम यूएईलाई २४० रनको लक्ष्य दिएको छ । बुधबार दुबईमा जारी खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३९ रन बनाएको हो । यूएईविरुद्ध नेपालका भीम सार्कीले सर्वाधिक ४८ रन बनाए ।…