कैलाली – अवैध लागूऔषध खैरो हेरोइनसहित प्रहरीले कैलालीबाट २ जनालाई पक्राउ गरेको छ । टीकापुर नगरपालिका–९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन ३०० मिलिग्रामसहित टीकापुर नगरपालिका–५ नुक्लिपुर बस्ने १९ वर्षीय शैलेश चौधरी समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको छ । लागूऔषध सम्बन्धमा…