जहाजमा समस्या आएपछि लुक्ला उडेको समिट एयर काठमाण्डु फर्कियो

काठमाण्डु - सोलुखुम्बुको लुक्लाका लागि काठमाण्डुबाट उडेको समिट एयरको एउटा जहाजमा प्राविधिक समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्किएको छ। सोमबार बिहान ६ः१२ बजे काठमाण्डुबाट लुक्लाका लागि उडेको समिट एयरको जहाजको इन्जिनमा समस्या देखिएपछि चालक दलले सुरक्षित रूपमा काठमाण्डु विमानस्थलमा अवतरण गराएका छन् । बिहान त्रिभुवन विमानस्थलबाट लुक्लाका उडान भरेको विमान बीचमै प्राविधिक समस्या देखिएपछि त्रिभुवन…