अविरल वर्षापछि बीपी राजमार्ग पूर्ण बन्द

रामेछाप – वर्षाको कारण बीपी राजमार्ग पुन: बन्द भएको छ । जिल्ला प्रहरी कार्याल काभ्रेले काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानहरूमा अत्यधिक वर्षा भइरहेको कारण राजमार्गमा हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै तत्कालका लागि सवारीसाधन सञ्चालन पूर्ण रूपमा रोकिएको जनाएको छ । प्रहरीले मौसममा सुधार आएपछि तथा सडकमा कुनै अवरोध नरहेको सुनिश्चित भएपछि मात्र पुन: राजमार्ग सञ्चालनबारे अर्को…