काठमाण्डू– सरकारले संक्रमणकालीन न्यायसँग सम्बन्धी टुंगिन बाँकी कामलाई प्राथमिकतामा राखिएको जनाएको छ । सोमबार प्रतिनिधिसभाअन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समिति बैठकमा कानूनमन्त्री सोबिता गौतमले सर्वपक्षीय सहमतिका आधारमा उक्त विषय अघि बढाइने जानकारी दिइन् । ‘सबै दलको सहमतिमा संक्रमणकालीन न्यायसँग सम्बन्धित काम अघि बढाउने कुरालाई सरकारले प्राथमिकतामा राखेको छ’, गौतमले भनिन्,‘संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउन सरकार पूर्ण…