काठमाण्डु – छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । कपिलवस्तुको कपिलवस्तु नगरपालिका–११ जहदीस्थित सडकमा पचेहराबाट श्रीनगरतर्फ जाँदै गरेको लु६प १०९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार कपिलवस्तु नगरपालिका–९ श्रीनगर बस्ने १७ वर्षीय लाले यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी सिटी अस्पताल बुटवल रूपन्देहीमा उपचारको…