काठमाण्डू, १० जेठ–सर्वोच्च अदालतमा विद्यमान गोलाप्रथाबाट पेशी तोक्ने प्रणाली हटाउने तयारी भएको भन्दै नेपाल बार एसोसिएसनले आपत्ति जनाएको छ । राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा बार अध्यक्ष विजयप्रसाद मिश्रले गोलाप्रथा प्रणाली हटाइए स्वीकार्य नहुने चेतावनी दिए । गोलाप्रथा प्रणाली हटाएर प्रधानन्यायाधीशले पेशी तोक्ने प्रणाली पुनस्र्थापित गरिए न्यायालय राजनीतिक प्रभावमा पर्ने खतरा औंल्याए । गेलाप्रथा हटाइए…