कन्टेनर पल्टिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

काठमाण्डु–मकवानपुरमा  कन्टेनर पल्टिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध बनेको छ । हेटौँडा उपमहानगरपालिका–१५, चुरियामाईमा वीरगन्जजबाट काठमाडौँ जाँदै गरेको मधेस प्रदेश०३–००१ ख ६७३८ नम्बरको मोबिल लोड गरिएको लहरी आज बिहान अनियन्त्रित भई सडकमा पल्टिएको हो। दुर्घटनापछि राजमार्गको दुवैतर्फ यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। दुर्घटनामा गाडी चालक मकवानपुरको मनहरी गाउँपालिका–६ निवासी  ३० वर्षीय महेश मोक्तान घाइते भएका छन्।…