काठमाण्डु-नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा शनिबार बिजुली काटिने जनाएको छ। वितरण प्रणाली भूमिगत गर्ने प्रयोजनका लागि आज महाराजगञ्ज वितरण केन्द्रको गोङ्गबु फिडर अन्तर्गत पर्ने स्थानहरूमा बिजुली काटिने छ। प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार वसुन्धरा, गोङ्गबु टाउन प्लानिङ, सामाखुसी, रानीबारी क्षेत्रमा बिहान ११ बजेदेखि अपराह्न तीन बजेसम्म बिजुली प्रवाह रोकिनेछ। सो फिडर अन्तर्गत वितरित विभिन्न स्थानलगायतका…