रौतहट – मोटरसाइकल प्रयोग गरी अवैध कारोबारमा संलग्न भारतीय नागरिकलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । भारतको बिहार प्रदेश सीतामढी जिल्ला असोगी टोलका ६२ वर्षीय चन्देश्वर साह सोनार करीब ८ किलो चाँदीका गहनासहित पक्राउ परेको रौतहट प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । बिआर ३० एफ ६६३५ नम्बरको मोटरसाइकल प्रयोग गरी सीमापारि…