यसरी मच्चियो महाकुम्भमा भागदौड (फोटोफिचर)

काठमाण्डु- भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलामा भागदौड मच्चिदा अहिलेसम्म १४ जनाको मृत्यु भएको छ । भागदौड मंगलबार बिहान मच्चिएको हो । भागदौड मच्चिएपछि श्रद्धालुका सामान, कपडालगायत यत्रतत्र छरिएका छन् । उनीहरू आफन्त गुमाएको वियोगमा छन् भने विचलित अवस्थामा देखिएको अधिकारीहरूले बताएका छन् । अचानक भागदौड मच्चिएपछि मानिसहरू अत्तालिएका घटनाका एक प्रत्यक्षदर्शीले बताएका छन् ।…