‘ब्रेन डेथ’ भएका व्यक्तिबाट अंग प्रत्यारोपण कठिन भएकोमा चिन्ता

काठमाण्डु – ‘ब्रेन डेथ’ भएका व्यक्तिबाट अंग प्रत्यारोपण कठिन भइरहेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा भएको अंगदान सम्बन्धी वर्तमान अवस्था, समस्या, चुनौती र भावी कार्यदिशा विषयक छलफलका क्रममा सरोकारवालाले जनचेतनाको कमी र सरकारी उदासिनताले ब्रेन डेथ भएका व्यक्तिबाट अंग प्रत्यारोपण गर्न कठिनाइ भएको बताएका छन् ।…