करीब १०७ किलो गाँजासहित २ जना पक्राउ

सुनसरी – करीब १०७ किलो गाँजासहित प्रहरीले सुनसरीमा २ जनालाई पक्राउ गरेको छ । हरिनगर गाउँपालिका–७ यादव टोलस्थित सडकबाट अवैध लागूऔषध गाँजा करीब १०७ किलोग्रामसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा देवानगंज गाउँपालिका–२ बस्ने २० वर्षीय आलम अन्सारी र ४४ वर्षीय मन्जुल मिया रहेका छन् । ईलाका प्रहरी कार्यालय देवानगंज…