काठमाण्डु – राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन भइरहेको १२ कक्षाको प्रश्नपत्र परीक्षा सुरु हुनुभन्दा अगावै सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले प्रश्नपत्रको गोपनीयता भङ्ग गर्ने कार्यमा संलग्न रहेको भन्दै मंगलबार काठमाण्डुबाट दुवैलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर–८ स्थायी घर भई हाल काठमाण्डुको सुविधानगर बस्ने ३७…