काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओली चीनको राजधानी बेइजिङ पुगेका छन् । हिमालय एयरलाइन्सका अनुसार प्रधानमन्त्री ओली नेतृत्वको टोली चीनको स्थानीय समयअनुसार साँझ ६ बजे बेइजिङ क्यापिटल इन्टरनेसनल विमानस्थल पुगेका हुन् । समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा ४ दिने औपचारिक भ्रमणका लागि ओली नेतृत्वको टोली चीन गएको हो । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन…