काठमाण्डु – सेना दिवस २०८१ को अवसरमा नेपाली सेना सम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधिहरू झल्किने फोटो, हातहतियार, पोशाक, उपकरणहरू र सम्बद्ध सैनिक सामग्रीहरूको प्रदर्शनीमार्फत आम नागरिकलाई नेपाली सेनाबारे विविध विषयहरूमा जानकारी प्रदान गर्ने उद्देश्यले फोटो तथा बृहत् प्रदर्शनी सुरु भएको छ । मंगलबार जङ्गी अड्डामा आयोजित कार्यक्रमबीच प्रधानसेनापति महारथी अशोकराज सिग्देलले प्रदर्शनीको शुभारम्भ गरे । प्रधानसेनापतिले…