असार ३ गते रातो मच्छिन्द्रनाथको रथ जावलाखेल तानिने

काठमाण्डु– वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ आगामी असार ३ गते जावलाखेलतर्फ प्रस्थान गर्ने भएको छ। मच्छिन्द्रनाथको ‘पश्चिम यात्रा’ का लागि असार ३ गते तृतीया तिथिको शुभ साइतमा जावलाखेलतर्फ प्रस्थान गरिने भएको हो । हाल ललितपुरको लगनखेलस्थित थटीटोलमा रहेको रथलाई सोही दिनको साइतमा जावलाखेल पुर्‍याइनेछ। जावलाखेल पुगेको चौथो दिनमा ऐतिहासिक भोटो देखाउने जात्रा सम्पन्न…