काठमाण्डु- 'ग्राण्ड रिहर्सल' नाटकभित्रको यस्तो नाटक, जहाँ सबैथोक बिग्रिएर पनि हिट हुन्छ ।मण्डला नाटकघरमा छिर्दा लाग्छ, के यहाँ साँच्चिकै नाटक भइरहेको हो कि कुनै भद्रगोल रिहर्सल । नाटक हो भनौँ, मञ्चमा सबै कुरा भत्किरहेका छन्। होइन भनौँ, कलाकारहरू ज्यान फालेर अभिनय गरिरहेका छन्। रंगकर्मी उमेश तामाङ निर्देशित नाटक ‘ग्राण्ड रिहर्सल को मुख्य आकर्षण नै यही…