मनसुन अपडेट : ६ वटा राजमार्ग पूर्णरुपमा बन्द

काठमाण्डु- निरन्तरको वर्षासँगै आएको बाढीपहिरोका कारण देशभरका छ वटा राजमार्ग अवरूद्ध भएका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको आज साँझसम्मको तथ्याङ्कअनुसार बाढीपहिरो, डुबानलगायत कारणले ६ वटा राजमार्ग अवरूद्ध भएका हुन् । बिपी राजमार्गअन्तर्गत खुर्कोट-नेपालथोक-कटुन्जेबेँसीमा सञ्चालन हुने सम्पूर्ण सवारीसाधन आवागमनमा पूर्ण रूपमा रोक लगाइएको नेपाल प्रहरीले जनाएको छ । बिपी राजमार्ग खण्डमा आइपर्ने सम्भावित बाढीलाई मध्यनजर…